बागलुङ: बागलुङमा बसले किच्दा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कमा आईतबार दिउँसो साढे चार बजे ग १ ख ९६२ नम्बरको बसले किच्दा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।
बागलुङबाट पोखरा जानको लागि बस स्टाट गरेर बस अगाडी बढ्दा पछाडीको चक्काले किचेर घाईते भएका पुरुषलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा पु¥याएपछि अस्पतालले मृत्त घोषणा गरेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।
केसीका अनुसार मृत्तक पुरुष अघिपछि पनि बसपार्क वरीपरी देखिदै आएपनि स्थानीयले नाम र ठेगाना थाहा नभएको बताएपछि पहिचानको खोजी भइरहेको छ ।