समाजआगलागीमा परी १३ वर्षीया अमृता घलानको मृत्यु

आगलागीमा परी १३ वर्षीया अमृता घलानको मृत्यु

मकवानपुर: आगलागीमा परी १३ वर्षीया अमृता घलानको मृत्यु भएको छ । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ भोटेश्वरामा आगलागीमा परी आईतबार साँझ ५ बजेको समयमा भोटेश्वरा बस्ने १३ वर्षीया अमृता घलानको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घलानले भान्सा कोठामा आगो बाल्ने क्रममा बोतलमा रहेको पेट्रोलले आगलागी शरीरको बिभिन्न भागमा जल्दा गम्भिर घाईते भएकी थिईन् ।

घाईते घलानलाई उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं लगिएकोमा उपचारको क्रममा सोमबार राती ८ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट भान्सा कोठा र भाडाकुडा जली नष्ट हुँदा २ लाख बराबरको क्षति भएका प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img