सिन्धुपाल्चोक: जन्ती लिएर हिँडेको गाडी दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको जलबिरे खमारेबाट जन्ती लिएर इन्द्रावतीतर्फ हिँडेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३० जना घाइते भएका छन् ।
जलबिरे खमारेबाट इन्द्रावती- १० पाटिगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोक गढी नगरपालिका ७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी र ऐम्बुलेन्स पुगेर उद्धार हुँदैछ भने घाइतेको चौतारा अस्पतालमा हुँदै गरेको एसपी बाल नरसिं राणाले जानकारी दिए ।
घटनामा अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।



