समाजसंखुवासभामा २० लाख १६ हजारको चैनपुरे करूवा

संखुवासभामा २० लाख १६ हजारको चैनपुरे करूवा

संखुवासभाको चैनपुरे नगरपालिकाले २० लाख १६ हजारको करूवा बनाएको छ । दुईवटा ६ हजारका जस्ता पातालाई करुवाको आकारमा ठोकेर २० लाख २६ हजार झ्वाम पारेको भन्दै संखुवासभामा ब्यापक विरोध भएको छ ।

विस्तृत : चैनपुरको करुवाको प्रसिद्धी यस्तो छ कि कुनै सभा समारोह होस् या पाहुनालाई मायाको चिनो दिनुपर्ने होस् सबैको रोजाइमा चैनपुरे करुवा पर्छ। घर सजावटका लागि पनि चैनपुरे करुवाको माग खुबै हुने गर्छ। मेहनतपूर्वक राम्रो काँसमा कुँदिएको चैनपुरे करुवाको सुन्दर बुट्टाले जो सुकैलाई पनि लोभ्याउँछ।

तर पछिल्लो समय करुवा बनाउने सिपमूलक कामको पुस्तान्तरण नहुँदा बनाउने दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा चैनपुरे करुवाको व्यवसाय घट्दो छ। यसले गर्दा करुवासँग नाम जोडिएको संखुवासभा जिल्लाको चैनपुरको परिचय कायम राख्न र यसको अस्तित्व जोगाउन निकै समस्या पर्न थालको छ।

चैनपुरे करुवाको परिचय कायम राख्न चैनपुर नगरपालिकाले जिरोप्वाइन्टमा करुवाको प्रतिमा स्थापना गरेको थियो। तर उदघाटन पनि हुन नपाई स्थानीय स्तरबाट चौतर्फी विरोध आएपछि नगरपालिकाले विज्ञप्ति जारी गर्दै करुवाको प्रतिमालाई त्रिपालले छोपेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img