समाजघण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ : सभापति लामिछाने

घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ : सभापति लामिछाने

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सभापति लामिछानेविरुद्ध बुधबार युवराज पौडेल सफलले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपीबाट निर्वाचित भएकाले लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयोग्य रहेको दाबी गर्दै दिएको रिट दायर भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एउटै विषयमा पटक पटक दुख दिएर इरिटेड गराएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको र अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको भन्दै अनावश्यक दुख नदिन आग्रह गरेका छन् ।

उनले एउटै विषयमा पटक पटक दुख दिइए घण्टीलाई बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img