काठमाडौं: सरकारले नागरिकता विधेयक प्रमाणीकरण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।
बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड आज दिउँसो भारत भ्रमणमा जाँदैछन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।