Saturday, July 19, 2025
समाजरास्वपा सांसद सोबिता गौतमले गरिन् बिहे

रास्वपा सांसद सोबिता गौतमले गरिन् बिहे

spot_img

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले बिहे गरेकी छन्। सोबिताले गृहेन्द्र घिमिरेसँग सामान्य तरिकाले बिहे गरेकी रास्वपाका एक सांसदले जानकारी दिए।

उनका अनुसार गृहेन्द्र माओवादीका पार्टी सदस्य हुन्। चितवनका गृहेन्द्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट रहेको पनि उनले बताए।

- Advertisement -

सोबिता गत मंसिरमा भएको चुनावमा काठमाडौं- २ बाट सांसद चुनिएकी हुन्। दोलखाको तामाकोशी गाउँपालिकामा जन्मेकी सोबिता पहिले नेपाल टेलिभिजनमा पत्रकारिता गर्थिन्। त्यहाँ उनले स्वास्थ्य सरोकार भन्ने कार्यक्रम चलाउँथिन्। नेपाल टेलिभिजनपछि उनी एसडिजी टिभीमा खानपानसम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्।

कानुनकी विद्यार्थी समेत रहेकी २८ वर्षीया सोबिताले चुनावमा आफ्ना प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी थिइन्।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img