सुनसरी : भात अड्किएर इटहरीमा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति खानाखाने क्रममा इटहरी वडा नम्बर १९ अमाहाका अन्दाजी ४२ वर्षीय राजु चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
चौधरीलाई भात अड्किएपछि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



