सुनसरी : इटहरी ९ को टेङ्गा खोला नजिकै १२ वर्षको उमेरदेखि आरन पेसा गर्दै आएका नगेन्द्र विश्वकर्माले अहिले आरन पेसा गरेको ३४ वर्ष भयो । उनको पुर्खा देखि नै यहीँ आरन पेसा गरेर जीविकोपार्जन गर्दै आएकाले उनले पनि यहीँ पेसा अगालेको बताउछन् ।
उनले हँसिया, कुटो, कोदालो, हम्बर बञ्चरो लगायतका घरमा प्रयोग हुने कृषि औजारका सामाग्री बनाउँदै आएका छन् । उनको पुर्खेउली घर मोरङको लक्ष्मी मार्ग हो । हाल उनी अहिले इटहरी ९ को टेङ्गा खोला पश्चिम पट्टि आरन पेसा गर्दै आएका छन् ।
उनी भन्छन् साढे ८ धुर जग्गामा भाडा लिएर आरनको गरेको छु । उनि आरन पेसा गरेर घर परिवार चलाउदै आएकाले यहीँ पेसा सन्तुष्ट रहेको बताउछन् । उनले उत्पादन गरेका फलामका सामान इटहरीका बासिन्दा र टेङ्गा खोलका व्यावसायिहरूले किन्ने गरेका छन् । यस ठाउँमा उनले मात्र आरन पेसा गरेकाले बजारमा माग राम्रै रहेको उनी सुनाउछ्न ।
फलाम पिट्ला आफ्नो छुट्टै दु:ख कष्ट गर्नु पर्ने , हातकैबरले फलाम पिट्ने काम गर्नेु पर्ने दुखेसो पोख्छन् । पछिल्लो सयमका वैज्ञानिक सामाग्रीको प्रयोग गर्न खर्च धेरै लााग्ने भएकाले स्थानीय सरकारबाट सेवा सुविधा अनुदान नपाएको उनले गुनासो गरे ।