मकवानपुर: मकवानपुरमा कार दुर्घटना हुदाँ एक जानाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-८, गंगटेमा कार दुर्घटनामा चालकको मृत्यु भएको हो ।
मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीका अनुसार कार चालक हेटौँडा-३, बसामाडीका ३० बर्षीय बिबेक लामाको मृत्यु भएको छ । कारमा सवार मकवानापुरको भिमफेदी गाउँपालिका-५ का ४५ बर्षीय राजकुमार बल घाइते भएका छन्।
मंगलबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा बि सि ए ०५३७ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।



