अर्थ व्यापारहेटौँडामा गोलभेडा प्रतिकेजी ३०, यस्तो छ अन्य तरकारीको मुल्य

हेटौँडामा गोलभेडा प्रतिकेजी ३०, यस्तो छ अन्य तरकारीको मुल्य

मकवानपुर: हेटौँडाको तरकारी बजारमा तरकारीको मुल्य स्थिर रहेको छ । आलु, गोलभेंडा, भिन्डी लगायतका तरकारीको मुल्य स्थिर रहेको हेटौँडा तरकारी बजारका वर्तमान अध्यक्ष खडग बाहादुर मुत्तानले जानकारी दिए ।

बिहीबार थोक तथा तरकारी बजारमा पुरानो आलु प्रतिकेजी ३५ रुपैयाँमा बिक्री भएको छ भने खुद्रामा मुल्य प्रतिकेजी ५० रुपैँयामा बिक्रीभएको छ । त्यस्तै नयाँ आलुको थोक मुल्य प्रतीकेजी ४२ रुपैयाँ र खुद्रा मुल्यमा प्रतीकेजी ६० रुपैयाँमा बिक्री भएको मुत्तानले बताए ।

काउली थोक मुल्य प्रतिकेजी ६० रुपैयाँ, टमाटर थोक मुल्य प्रतिकेजी २५ रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको छ । गाजर थोक मुल्य प्रतिकेजी ४० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ९० रुपैयाँ, बन्दा थोक मुल्य प्रतिकेजी १० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी २० रुपैयाँ, प्याज थोक मुल्य प्रतिकेजी ४५ रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ५५ रुपैयाँमा बिक्री भैरहेको खडग बहादुर मुत्तानले जानकारी दिए ।

मुला थोक मुल्य प्रतिकेजी १० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी २० रुपैयाँ, फर्सी थोक मुल्य प्रतिकेजी २० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको छ । च्याउ थोक मुल्य प्रतिकेजी १५० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी २१० रुपैयाँ, खुर्सानी थोक मुल्य प्रतिकेजी ८० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी १०५ रुपैयाँ तेसैगरी सिमी प्रतिकेजी ८० रुपैयाँ खुद्रा मुल्य प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ । कागतीको मुल्य प्रतिकेजी १५० र माच्छे खुर्सानीको मुल्य प्रतिकेजी ६० मा बिक्री भएको उनले बताए ।

तरकारी बजारमा ३० प्रतिशत तरकारी बिक्री नभएर खेर जानी गरेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img