Sunday, February 16, 2025
समाजट्रकको ठक्करबाट २५ वर्षीय मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

ट्रकको ठक्करबाट २५ वर्षीय मोटरसाइकल चालक श्रेष्ठको मृत्यु

मकवानपुर: धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ मा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा.प्र. ०२-०३७ प ७७३१ नं को मोटरसाइकललाई प्र.१-०२-००१ ख ८०२९ नम्बरको ट्रकले ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेशले पुष्टि गरेको छ ।

ट्रकबाट ठक्कर भएको मोटरसाइकल चालक कृष्ण श्रेष्ठ गम्भीर र पछाडीमा सवार नवलपरासी–६ का कि अस्मिता पाठक, मध्यम घाइते भएका थिए। यस दुर्घटनामा घाइतेहरूलाई तत्काल मलखु अस्पताल लगाइएको थियो । उपचारको क्रममा २५ वर्षीय कृष्ण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img