Saturday, February 15, 2025
समाज१ करोड २७ लाखमा बनेको कोल्ड स्टोर, प्रयोगमै नआइ भत्कियो

१ करोड २७ लाखमा बनेको कोल्ड स्टोर, प्रयोगमै नआइ भत्कियो

दाङ । दाङको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाउँपालिका-५ मा निर्माण गरिएको कोल्ड स्टोर प्रयोगमा नआइ भत्किएको छ । सो कोल्डस्टोर पालिकाभित्रका कृषि उत्पादन भण्डारणका आर्थिक २०७६/०७७ मा निर्माण गरिएको हो ।

एक सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर कमजोर जमिनका कारण भत्किएको पालिकाले जनाएको छ ।

पालिकाको ६० लाख, साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना (रिजम) को ५४ लाख र लोहारपानी कृषि सहकारी सस्थाको १३ लाख गरी कुल एक करोड २७ लाख खर्च गरेर कोल्ड स्टोर निर्माण गरिएको सहकारी संस्थाका कोषाध्यक्ष गोपाल वलीले कान्तिपुर टीभीलाई जानकारी दिए ।

निमार्ण भएकै वर्ष वर्षातको पानीले कोल्ड स्टोर भत्किएको र मर्मतका लागि पालिकासँग बजेट माग गरेपनि बजेट नदिएको कोषाध्यक्ष वलीको भनाइ छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img