देशकोशी प्रदेशभोजपुरको पौवादुङमा गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण

भोजपुरको पौवादुङमा गाउँपालिकाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण

सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज सेवा दिने लक्ष्यले वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणको गरेको छ ।

गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन बृद्धबृद्धा तथा असक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालेसकेको पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरन राइले बताए । प्रत्येक वडास्थरबाट गाउँका नागरिका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने पौवादुङमा गाउँपालिकाका अध्यक्ष राइले बताए ।

शिविर मार्फात गाउँपालिकाले वडा नम्वर- ५ सानोदुम्माका एक सय ४३ जना नागरिकलाई भत्ता वितरण गरेको हो । खास गरेर सामाजिक सुरक्षा भत्ता लिन सहजता होस भनि गाउँपालिकाको निर्णय अनुसार यस्तो कामको थालनी गरेको पौवादुङमा वडा नम्वर- ५ का वडाध्यक्ष बोम प्रसाद राईले बताए ।

वडामा दुई सय ४८ सेवाग्राही रहेकोमा एक सय ३४ जनालाई वडाबाटै भत्ता वितरण गरिएको र बाँकीले बैंकमा आफै गएर भत्ता लिन सक्ने उनको भनाई छ ।

अभियान अन्तर्गत गाउँपालिका भरिका छ ओटै वडामा वडा स्तरबाटै सामाजिक सुरक्ष भत्ता वितरण भईरहेको गाउँपालिकाले जनाएको छ । सहज रुपमा भत्ता पाएपछि बृद्धबृद्धा तथा असक्त नागरिकहरु खुसी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img