सुनसरी / भोजपुरको अरुण गाउपालिका वडा नम्बर ७ मा श्रमदान मार्फत दुइ दिनमा करिव सात किलोमिटर सडक मर्मत सम्भार तथा सरसफाई गरिएको छ ।
भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ मा वडा अध्यक्ष कुमार थापाको नेतृत्वमा सडक मर्मत सम्भार तथा सरसफाई अभियान भएको हो । बर्खाको समय पहिरो र सडक कटान हुदा आवतजावत गर्न भैरहेको समस्यालाई मध्यनजर गर्दै थापाले श्रमदान मार्फत सडक मर्मत तथा सरसफाई अभियान सुरु गरेका हुन् ।
थापाको नेतृत्वमा शुक्रबार सिक्रेटार अन्तर्गत खाल्ले भन्ज्याङ देखि अरुण गा.पा. ५ ऐसेलुडाँडा खरिवोटे सम्म करिव ४ किलोमिटर सडक र शनिबार अरुण गा.पा. ७ सिक्रेटार अन्तर्गत ढुङ्गेबाट खाल्ले साकेवा प्रा.वि सम्म करिव ३ किलोमिटर गरि दुइ दिनमा लगभग ७ किलोमिटर सडक मर्मत तथा सरसफाई भएको छ।
थापाको श्रमदान अभियानले छोटो समयमै यति धेरै काम भएको देख्दा आफु हर्षित भएको र आगामी दिनमा पनि आफ्नो साथ सहयोग रहने स्थानिय बासि बताए ।
यस्तै हामि संग कुरा गर्दै अध्यक्ष थापाले बृहत् श्रमदान कार्यक्रमलाई निरन्तर अगाडि बढाउदै श्रमदान कार्यक्रम मार्फत नै वडा भरीका सडक तथा बाटाघाटाहरु साथै खाने पानीको मुहान संरक्षण लगाएतका क्षेत्रमा समेत बिस्तार गर्ने साथै अभियानलाई सफल पार्न सम्पूर्ण वडा वासीमा अनुरोध गरेका छन् । स्थानिय बासि आफ्नै घरको कुटो, कोदालो, बेल्चा, जम्पल र खाजा लिएर श्रमदानमा आउने गरेका छन्।