देशबागमती प्रदेशपहिरोले पुरिएका व्यक्ति १४ घण्टापछि जीवित भेटिए

पहिरोले पुरिएका व्यक्ति १४ घण्टापछि जीवित भेटिए

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता रहेका ६ मध्ये एक जना जीवित भेटिएका छन् ।

जीवित भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका बागमती गाउँपालिकाका वडा नम्बर ८का अध्यक्ष केशव तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो ।

उनी मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घरमा सुतेका थिए । स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया शान्तमाया ब्लोनलाई भने बिहानै अचेत अवस्थामा स्थानीयले उद्धार गरेका थिए। तर उपचारका लागि भोर्लनीमा रहेको स्वास्थ्यचौकी लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img