Friday, February 7, 2025
समाजपहिरोले पुरिएका व्यक्ति १४ घण्टापछि जीवित भेटिए

पहिरोले पुरिएका व्यक्ति १४ घण्टापछि जीवित भेटिए

मकवानपुर: मकवानपुरको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोमा पुरिएर वेपत्ता रहेका ६ मध्ये एक जना जीवित भेटिएका छन् ।

जीवित भेटिनेमा सिन्धुली हरिहरपुर गाउँपालिका-१ ककरेका १९ वर्षका पासाङ घिसिङ रहेका बागमती गाउँपालिकाका वडा नम्बर ८का अध्यक्ष केशव तिमल्सिनाले जानकारी दिए । उनका अनुसार पहिरोले घर बगाउँदा वेपत्ता घिसिङलाई १४ घन्टापछि घाइते अवस्थामा उद्धार गरिएको हो ।

उनी मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्याङ्तानको घरमा सुतेका थिए । स्याङ्तानसहित उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी अझै वेपत्ता छन् । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ ।

अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया शान्तमाया ब्लोनलाई भने बिहानै अचेत अवस्थामा स्थानीयले उद्धार गरेका थिए। तर उपचारका लागि भोर्लनीमा रहेको स्वास्थ्यचौकी लाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस