Saturday, February 15, 2025
समाजमकवानपुरमा पहिरोले दुई घर पुरियो

मकवानपुरमा पहिरोले दुई घर पुरियो

मकवानपुर: शनिबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा दुईवटा घर पुरिएका छन्।

भैंसे बजार नजिकै खसेको पहिरोले स्थानीय रामकृष्ण देउलाको घर पुरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। ब्लकले बनाएको र टिनको छानो भएको २ वटा कच्ची घर माथिबाट आएको पहिरोले पुरिएको प्रवक्ता कार्कीले बताए।

पहिरोले घर पुरिए पनि मानवीय तथा पशुचौपाया क्षति भने नभएको कार्कीको भनाइ छ। घटनस्थल पुगेको प्रहरीले स्थानीयको सहयोगमा उद्धार कार्य सुरु गरेको छ।

पहिरोका कारण त्रिभुवन राजपथको भीमफेदी–भैंसे सडकखण्डसमेत अवरुद्ध भएको छ। त्रिभुवन राजपथ अवरुद्ध भएपछि उक्त सडकखण्ड भएर संघीय राजधानी आवतजावत गर्ने सवारी साधनहरु सडकमै रोकिएका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img