Monday, February 17, 2025
समाज‘मेरो डान्स युनिभर्स’ प्रतियोगितामा थाइल्याण्डकी खुसी कार्कीले जितिन् १ करोड

‘मेरो डान्स युनिभर्स’ प्रतियोगितामा थाइल्याण्डकी खुसी कार्कीले जितिन् १ करोड

काठमाडौं: नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ मा थाइल्याण्डकी खुसी कार्की विजेता बनेकी छन् शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा कार्की विजेता बनेकी हुन् ।

विजेता बनेसँगै कार्कीले नगद १ करोड पुरस्कार जितेकी छन् । प्रतियोगितामा बेल्जियमका देवी गर्बुजा मगर नेतृत्वको टिम फस्ट रनरअप भएको छ । सो टिमले नगद ३० लाख रुपैयाँ जितेको छ । प्रतियोगितामा सिक्किमका मिङ्मा डी लेप्चा नेतृत्वको टिम सेकेन्ड रनर अप भएको छ । सो टिमले नगद २० लाख हात पारेको छ ।

गोरखाका स्वस्तिक परियार थर्ड रनरअप भएका छन् । उनले १५ लाख पाएका छन् । फोर्थ रनर अप महोत्तरीका नेशन सुस्लिङ मगर भएका छन् । मगरले १० लाख रुपैयाँको पुरस्कार जितेका छन् । प्रतियोगितामा चौथो र पाचौँ हुनेले पनि १० लाख पाउने घोषणा गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरु कार्यक्रम स्थलमा पुगेका थिए । संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img