Wednesday, February 12, 2025
समाज२ कक्षामा अध्ययनरत बालिकामाथि विद्यालय बसका सहचालकको दुर्व्यवहार

२ कक्षामा अध्ययनरत बालिकामाथि विद्यालय बसका सहचालकको दुर्व्यवहार

मकवानपुर: हेटौंडा एकेडेमीमा २ कक्षामा अध्ययनरत बालिकामाथि विद्यालय बसका सहचालकले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरी कार्मायालय मकवानपुरमा उजुरी परेको छ ।

साउन १५ गतेका दिन बिहान बालिकामाथि यौन दुर्व्यवहार भएको भन्दै शनिबार बेलुकी प्रहरीकोमा उजुरी पछि प्रहरीले सहचालकलाई शनिबार नै पक्राउ गरेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

घरबाट विद्यालय जान बस चढेकी ८ वर्षीया बालिकालाई सहचालकले बसमै यौन दुर्व्यवहार गरेको पीडित परिवारको आरोप छ। प्रहरीले उक्त घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस