Wednesday, February 12, 2025
समाज७० पिस कट्टु प्रहरीको नियन्त्रणमा

७० पिस कट्टु प्रहरीको नियन्त्रणमा

मकवानपुर: भन्सार छलेर ल्याएको ७० पिस कट्टु प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो हेटौँडाको रातोमाटेस्थित प्रहरी चौकीले ७० पिस कट्टुसहित अन्य लत्ताकपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा ४ ख २१९१ नम्बरको बसको सुरक्षाजाँच गर्ने क्रममा ४० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको हो । प्रहरीले गन्जी २० पिस, कुर्ता ३३ पिस, सुरुवाल १२ पिस, रेनकोट २१ सेट र टिसर्ट १५ पिस नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै प्रहरीले बुधबार राती ३० हजार रुपैयाँ बराबरको लत्ताकपडा नियन्त्रणमा लिएको छ । बीरगंजबाट नारायणघाटतर्फ जाँदै गरेको बा ४ ख ७०६८ नम्बरको बसमा सुरक्षाजाँच गर्दा ३० सेट कुर्ता सुरुवात नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस