मकवानपुर: मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिनाले सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेका छन् । उनले आफ्नै खर्चमा सुरु गरेको सुत्केरी भेटघाट कार्यक्रममा सुत्केरी भेट्ने र पोषण सामाग्री वितरण गर्ने गरेका छन् ।
उनले आज पनि एक सुत्केरी महिलाई भेटेर पोषण सामग्री वितरण गरेका छन् । शनिबार वडाको ठोटरे खोलाकी सुत्केरी जमुना न्यासुर दोङलाई पोषण साम्रगी वितरण गरका हुन् । दोङ करिब १५ दिन घि सुत्केरी भएकी थिइन् । अस्पतालमा उपचारपछि डिस्चार्ज दोङलाई शनिबार वडाध्यक्ष तिमल्सिनाले घरमै पुगेर ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री वितरण गरेका हुन् । यसअघि पनि वडाध्यक्ष तिमल्सिनाले वडाभित्रका एक सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेका थिए ।
तिमल्सिनाले ५ हजार रुपैयाँ बराबरको लोकल कुखुरा, चामाल, तोरीको तेल, मसलाहरु र सरसफाइका सामग्री वितरण गरेका हुन् ।
सुत्केरीअवस्थामा पौष्टिक आहारको आवश्यकता देखिएपछि आफुले यो अभियानलाई सुरु गरेको उनि बताउछन । वडाभित्रका केही परिवार आर्थिक अवस्थाका कारण सुत्केरीअवस्थामा पनि पोषणका सामग्री किन्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै आफुले केही भएपनि राहत होस भनेर व्यक्तिगत खर्चबाट पोषण सामग्री वितरण गरेको उनले बताए । उनले यो वर्ष वडाभित्रका सम्पूर्ण सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिने बताएका छन् ।
स्वास्थ्य चौकीबाट लिएको डाटा अनुसार वडाभित्र वार्षिक ५० जनाभन्दा माथिको संख्यामा सुत्केरी हुने गरेको र यस वर्ष आफ्नै खर्चबाट सामाग्री वितरण गरिने उनले बताए ।