देशबागमती प्रदेशहेटौँडामा मोटरसाइकल तथा स्कुटर धकेलि मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन

हेटौँडामा मोटरसाइकल तथा स्कुटर धकेलि मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन

spot_img

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा आज मोटरसाइकल तथा स्कुटर धकेलि मुल्यवृद्धिको विरुद्धमा प्रदर्शन भएको छ । आईतबार राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको विरूद्धमा विरोध प्रदर्शन गरेको  हो ।

सरकारले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुह?मा भइरहेको चर्को मूल्यबृद्दिको बिरोध गर्दै हेटौँडाको सिमाचोदेखि बुद्धचोकसम्म युवाहरुले मोटरसाइकल तथा स्कुटर धकेलि बृहत र्याली सहित बिरोध गरेका हुन् ।

उक्त र्यालीको कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटिका कोषाध्यक्ष नरेन्द्र भण्डारी, खेलकुद महासंघ बागमती प्रदेशका सचिव जेन श्रेष्ठले आक्रोशित रुपमा भाषण गर्दै सरकारले पेट्रोलियम पदार्थसँगै अन्य पदार्थको पनि मुल्य बढाएको र आम-उपभोत्ताको ढाड सेक्ने काम गरेको हुँदा यसको तत्काल फिर्ता गर्न आग्रह गरे।

प्रर्दशनी कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायत एमाले तथा युवा संघका कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img