मकवानपुर: मकवानपुर प्रहरीले मकवानपुरको राक्सिराङमा १५ विगाह गाँजा खेती नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले १५ विगाह गाँजा खेती नष्ट गरेको हो ।
असोज ६, ७ र ८ गते खटिएको प्रहरी टोलीले राक्सिराङको धाधुङ, सुकेल तेन्चुराङ, खुर्कोट, चौकीटार, साईता र बोटबारी लगायतका स्थानहरुमा गाँजा खेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।