Monday, April 28, 2025
समाजगाँजा बोकेको एम्बुलेन्ससहित चालक प्रहरीको नियन्त्रणमा
spot_img

गाँजा बोकेको एम्बुलेन्ससहित चालक प्रहरीको नियन्त्रणमा

विराटनगर : गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्बुलेन्स सहित चालकलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा चालक धरान–११ का ३८ वर्षीय गंगा सरकार रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा राखी ल्याएको २१.५ किलोग्राम गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाँजा बरामद भएसँगै राजन अधिकारी फाउण्डेशन धरानद्वारा सञ्चालित उक्त एम्बुलेन्स चालक र सोही स्थानमा रहेको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलीले विराटनगर–१८ स्थित खेतमा परालमा लुकाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ।

गाँजा सहित पक्राउ परेको एम्बुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img