सुनसरी : इटहरीमा पनि ४४ औं विश्व पर्यटन दिवस इटहरीमा प्रभातफेरी कार्यक्रम गरि मनाइएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी,तालतलैया विकास तथा संरक्षण समिति इटहरी सुनसरी, प्रिमियर होटल स्कुल इटहरी सुनसरी , होटल तथा लज व्यवसायी समिति इटहरी , सि.वि. कलेज सुनसरीको संयुक्त आयोजनामा आज बिहनन ८ बजे इटहरीमा प्रभातफेरीको आयोजना गरी ४४ औं विश्व पर्यटन दिवस मनाएको छ ।
इटहरीको पश्चिम लाइनमा रहेको हिरा होटल सुरू भएको प्रभातफेरी इटहरी चोक, सङ्गीत चोक , इटहरी उपमहानगरपालिका अगाडि इटहरीको पुर्व लाइनमा रहेको मितेरी होटलमा गएर कोड सभा गरि विश्व पर्यटन दिवस मनाएर सम्पन्न गरेको हो ।
कोशी प्रदेशकै इटहरीलाई पर्यटन मैती वातावरण बनाएर पर्यटन फस्टाउने उदेश्य यो कार्यक्रम आयोजना गरिएको जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघ सुनसरी अध्यक्ष तेजबहादुर पुरिले बताउनुभयो । विश्व पर्यटन दिवस सफल बनाउ , पर्यटक हाम्रा पाउना हुन् ,पर्यटकीय क्षेत्रहरूको विकास गरौं लगाएत विभिन्न नाराका साथ विश्व पर्यटन दिवस मनाइएको पर्यटन व्यवसायीले बताए
।
त्यस्तै , नेपालमा पर्यटन खस्किदै गएको अवस्था पर्यटन फस्टाउनका लागि प्रभातफेरी कार्यक्रम गरिएको तालतलैया विकाश तथा संरक्षण समितीका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताउनु भयो । आन्तरिक तथा बाह्य पर्यटन नेपाल भ्रमण गर्न आउन समेत उनले आग्रह गर्नु भयो ।
कार्यक्रममा सिवि कलेजका प्राचार्य खेमराज बास्तोला, होटल तथा लज व्यवसायी समितिका महासचिव दिपक पोख्रेल लगायत प्रिमियर होटल स्कुल र सिवि कलेजका ५ सय बढी विद्यार्थी , प्रहरी , होटल तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।