Thursday, April 24, 2025
समाजभूकम्पले ७ जिल्लाका ४६७ घरमा क्षति, २८ जना घाइते, एकको मृत्यु
spot_img

भूकम्पले ७ जिल्लाका ४६७ घरमा क्षति, २८ जना घाइते, एकको मृत्यु

कैलाली: मंगलबार ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प जाँदा सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, डडेल्धुरा र दार्चुलामा गरि करिब पाँच सय घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । भूकम्पले सबै भन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । यहाँ १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

१९ सरकारी भवन आंशिक र २ पूर्ण रुपमा क्षति भएको छ । २४५ घर आंशिक र ७० पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । बाजुरामा सरकारी भवन ९ वटा आंशिक क्षति भएको छ भने ४४ घर आंशिक , १६ पूर्ण रुपमा क्षति भएको छ । बाजुरामा २ जना घाइते भएका छन् ।

डोटीमा ५ वटा सरकारी भवन आंशिक क्षति भएका छन् एउटा घार आंशिक र एउटा १ पूर्ण रुपमा क्षति पुगेको छ । अछाममा ६ वटा सरकारी भवन आंशिक क्षति भएको छ भने एउटा वटा पूर्ण रुपमा क्षति भएको छ । १७ वटा घर आंशिक एउटा पूर्ण रुपमा क्षति भएको छ । अछाममा पाँच जना घाइते भएका छन् ।

बैतडीमा ६ वटा सरकारी भवन आंशिक क्षति भएका छन् । ६ घर आंशिक र २ वटा पूर्ण रुपमा घरमा क्षति पुगेको छ भने २ जना घाइते भएका छन् । डडेलधुरामा एउटा सरकारी भवन आंशिक क्षति पुगेको छ भने १२ घरमा आंशिक क्षति पुगेको छ ।

दार्चुलामा सरकारी भवन ३ वटा आंशिक क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img