Sunday, September 8, 2024
देशकोशी प्रदेशइटहरी २० तरहराको पानीपियादेखि धरानको सेउतीसम्मको सडक निर्माण सुरु
spot_img

इटहरी २० तरहराको पानीपियादेखि धरानको सेउतीसम्मको सडक निर्माण सुरु

सुनसरी / इटहरी २० स्थित तरहराको पानीपियादेखि धरानको सेउती पुल सडक–खण्डको काम सुरु भएको छ ।

यातायात व्यवसायी, उद्योगी व्यवसायी पर्यटन व्यवसायीलगायत सम्पुर्ण सरोकारवाला निकायको चौतर्फी दबावपश्चात् ठेकेदार कम्पनीले काम सुरु गरेको हो ।

ठेकेदार कम्पनी हिमढुङ्गरप्यासिफिक जे.भी. आर्थिक वर्ष २०७९/०८० असार मसान्तबाट सडक निर्माणको काम अलपत्र छाडेर बेपत्ता बनेको थियो ।

लामो समयमा पनि सडक निर्माण सम्पन्न नगर्दा यातायात व्यवसायी, यात्रु, पर्यटन व्यवसायीलगायतले सास्ती पाए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोसी प्रदेश समितिले दबावस्वरूप जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन–पत्र बुझाएको थियो ।

-Google Ads-

ज्ञापन–पत्रमा राजनीतिक दल, सुनसरी उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घलगायतले ऐक्यबद्धता जनाएका थिए । महासङ्घले ज्ञापन–पत्र बुझाएपश्चात् सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठेकेदार कम्पनीसहित सरोकार पक्षलाई असोज ११ गते छलफलमा बोलाएकी थिइन् ।

छलफलमा ठेकेदार कम्पनी अनुपस्थित बनेको थियो । ठेकेदार कम्पनी उपस्थित नभएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न गर्न रानी–विराटनगर–इटहरी–धरान आयोजनालाई निर्देशन दिने निर्णय गरेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

४० उत्कृष्ट सरकारी कर्मचारी पुरस्कृत

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img