समाजराष्ट्रपतीको राजिनामा माग गर्दै जलाईयो तस्विर !

राष्ट्रपतीको राजिनामा माग गर्दै जलाईयो तस्विर !

spot_img

मकवानपुर: हेटौंडामा राष्ट्रपतीको तस्विर जलाउँदै राजिनामा माग गरिएको  छ ।

राप्रपा मकवानपुर भातृ सङ्गठनहरुद्घारा संविधान दिवसको अवसरमा राष्ट्रपतिले नेपालगन्जको (रिगल) भन्ने गुण्डा नाइके हत्यारा योगराज ढकाललाई आम माफी दिइएको बिरोधमा राष्ट्रपती, प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गरेको हो ।

शनिबार हेटौंडा-२, स्थित राप्रपा मकवानपुर पार्टी कार्यालयमा भेला भई ब्यानर तथा प्लेकार्डहरु बोकेर नाराबाजी गर्दै पार्टी कार्यालयबाट सिमाचोक सम्म र्‍याली गरेका थिए ।

र्‍यालिमा कानुनी राज्यको प्रत्याभूति गर, सानालाई मात्र शासन ठुलोलाई चही आसन, सर्वोच्चको अन्तिम आस भारती मानन्धरलाई हाल्दे सास, पीडितलाई न्याय दे, गृहमन्त्री राजिनामा दे, हत्यारालाई कारवाही गर भन्दै नाराबाजि गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img