मकवानपुर: आफ्नै बुवा माथि खुर्पा प्रहार गरि हेटौँडा उपमहानगरपालिका- १३ का दीपक मोक्तान फरार भएका छन् ।शुक्रबार हेटौँडा उपमहानगरपालिका- १३ स्थित मुस्कान टोलमा बस्ने दीपक मोक्तानले आफ्नै बुवा माथि खुर्पा प्रहार गरेका हुन् ।
घरायसी वादविवाद हुँदा छोराको खुर्पा प्रहारबाट जित बहादुर मोक्तान घाईते भएको र उपचारका लागि भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
खुर्पा प्रहार गर्ने दिपक भने फरार रहेको र उनको खोजी कार्य भैरहेको छ मकवानपुर प्रहरीले जनाएको छ ।