मकवानपुर: साईकलले ठक्करबाट ५८ वर्षीय बिमला मोक्तानको मृत्यु भएको छ । चितवन जिल्लाको कालिका नगरपालिका-८ मिलिजुलीटोलमा सईकलेले दिँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राती ७ बजेर ३० मिनेटको समयमा सोहि स्थान बस्ने ५७ वर्षीय वीर बहहादुर तामाङले चलाएको साईकलले मोक्तानलाई ठक्कर दिँदा दुबै जना सामन्य घाईते भएका थिए ।
घाइते दुबै आ-आफ्नो घर गएकोमा मोक्तानको घरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्का प्रश्चात पोष्टमार्टमको लागि अस्पताल भरतपुर लगिएको र साइकल चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



