समाजअब लाइसेन्स नबोकी हिडेपनि परिदैन कारबाहीमा   

अब लाइसेन्स नबोकी हिडेपनि परिदैन कारबाहीमा   

काठमाडौं: अब लाइसेन्स (चालक अनुमतिपत्र) नबोकी हिडेपनि ट्राफिक प्रहरीको कारबाहीमा नपारिने भएको छ ।

नागरिक एपमा लिंक गरेको लाइसेन्सलाई ट्राफिकले मान्यता दिने नागरिक एपले जनाएको छ । सोमबारदेखि ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र लाइसेन्स भए/नभएको बारेमा जाँच गर्दा नागरिक एपमार्फत देखाउन मिल्ने भएको नागरिक एपले जनाएको हो।

यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र भए/नभएको जाँच गर्ने बेलामा पनि सक्कलै देखाउनुपर्ने बाध्यता थियो । तर अब नागरिक एपमार्फत देखाउँदा हुने भएको हो । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img