Monday, January 13, 2025
समाजमकवानपुर प्रहरीले गर्यो ६१ बिगाह लागुऔषध गाँजा फडानी

मकवानपुर प्रहरीले गर्यो ६१ बिगाह लागुऔषध गाँजा फडानी

हेटौंडाः मकवानपुर प्रहरीले ६१ बिगाह ३ कठ्ठा लागुऔषध गाँजा फडानी गरेको छ ।

सोमबार जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न स्थानको लागुऔषध गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जनाकारी दिए ।

मकवानपुर प्रहरीले लागुऔषध खेती फडानी गर्न एक सय ३७ जना प्रहरी परिचालन गरेको थियो । प्रहरीले राक्सिराङ गाउँपालिका–९, सोराङ, रुन्चेवाङ, डनटार, झरना क्षेत्रमा १५ बिगाह, राक्सिराङ–४, जयसिङताल, यतीखोला क्षेत्रमा २७ बिगाह ३ कठ्ठा र कैलाश–९, को गैरीखेत, साखिनी, वडा नम्बर–१०, को बाजोखेत क्षेत्रमा १९ बिगाह लागुऔषध गाँजा फडानी गरेको हो ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका अधिक गाँजा हुने स्थान भएकोले गाँजाको फुलखेल्ने समय पारेर नष्ट गरेको हो । प्रहरीले वर्षेनि ति स्थानहरुमा अवैध लागुऔषध खेति नष्ट गर्दै आएको छ ।

सूचनाcff9c7c4 f4fd 4a15 b32a e832999591a1

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img