काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् ।
नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार प्रधानमन्त्री प्रचण्डले त्यहाँको धनजनको क्षतिबारे बुझेर राहत तथा उद्धारका लागि सरकारी निकायलाई निर्देशन दिनेछन् ।
जाजरकोटको बारेकोट केन्द्र बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पले नलगाड नगरपालिका र रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा बढी क्षति भएको छ ।