Monday, January 13, 2025
समाजदुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा परीक्षण, २७ प्रतिशतभन्दा बढीमा समस्या

दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको आँखा परीक्षण, २७ प्रतिशतभन्दा बढीमा समस्या

हेटौँडा: सवारी दुर्घटना न्यूनीकरण गर्न हेटौँडामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजना एवम् हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार एकसय पाँच जना चालक र सहचालकको आँखा परीक्षण गरिएको हो ।

पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलाउने चालकको हेटौँडामा निःशुल्क आँखा परीक्षण गरिएको छ । आँखा परीक्षणका क्रममा २७ प्रतिशतभन्दा बढीमा दृष्टि दोष, आँखा चिलाउने, जलबिन्दु सुगरकाले आँखामा पारेको प्रभाव, मासु पलाउने जस्ता समस्या भेटिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

१०४ सार्वजनिक सवारी साधनका चालकहरुको आखाँ परीक्षण गरिएकोमा ७६ जनाको आखाँको अवस्था सामान्य रहेको र समस्या देखिएकोमा चस्मा लगाउनु पर्ने ११जना, मासु पलाइएको ८ जना, नसा सुन्नेको २ जना, नजिक कम देख्ने ३ जना, टाढा नदेख्ने ४ जना गरि २८ चालकहरुलाई नियमित आखाँ चेकजाँच सम्बन्धि परामर्श समेत दिईएको ट्राफिक मकवानपुरले जनाएको छ ।

सवारी दुर्घटना न्यूनीकरण र जनचेतना जगाउने उद्देश्यले चालक र सहचालकको आँखा परीक्षण शिविर राखेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवम् कार्यालय प्रमुख वसन्त आचार्यले बताए । सार्वजनिक सवारी चालकको कम्तीमा ६ महिनामा आँखा र स्वास्थ्य परीक्षण गराउन सकिए सवारी दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img