Sunday, January 19, 2025
समाजतिहारलाई लक्षित गर्दै षडानन्द नगरपालिकाले गर्यो दिङ्ला बजार अनुगमन,अखाद्य सामग्री नष्ट

तिहारलाई लक्षित गर्दै षडानन्द नगरपालिकाले गर्यो दिङ्ला बजार अनुगमन,अखाद्य सामग्री नष्ट

भोजपुर / तिहारलाई लक्षित गर्दै षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारको अनुगमन भएको छ ।

नगरपालिकाको पहलमा षडानन्द नगरपालिकाका कार्य बाहाक मेयर नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिको संयोजक प्रमिला राईको संयोजकत्वमा भएको अनुगमनमा करिब एक लाख पचास हजार बराबरको समय गुज्रिएका सामग्री नष्ट गरिएको हो ।

अनुगमनका क्रममा मिरिन्डा, चिया रङ, पेप्सी, लिचि जुस, कोलगेट, बिस्कुट, फ्रुटि, चिप्स, चिजबल, बोईलरको मासु, मसला, कुरकुरे जस्ता सामग्री गरेर ४१ प्रकारका समय गुज्रिएका अखाध्य सामग्री बरामत गरि नष्ट गरिएको छ ।

चाड पर्वको बेलामा सर्वसाधरण गुणस्तर खाद्यन्न वस्तुको उपभोग गर्न सकोस भन्ने उदेश्यले बजार अनुगमन गरिएको हो । तिहार आउन एक हप्ता पनि छैन यस्तो समयमा गुणस्तर सामग्री उपभोक्ता सम्म पुग्न सकोस भनेर बजार अनुगमन गरिएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चापागाईले बताए ।

shaddanath nagar

नगरको आयोजनामा अब प्रत्येक तीन महिनामा बजार अनुगमन गरिने र दिङ्ला बजार मात्रै नभएर नगरपालिका क्षेत्र भित्र रहेको विभिन्न वडाको केन्द्रमा रहेको साथै अन्य क्षेत्रमा रहेको बजारको समेत अनुगमन हुने नगरपालिकाकी कार्य बहाक मेयर षडानन्द नगरपालिकाकी उपप्रमुख तथा अनुगमन समितिका संयोजक प्रमिला राईले बताईन ।

बजार अनुगमनको क्रममा षडानन्द नगरपालिकाकी उपप्रमुख तथा कार्य बहाक मेयर अनुगमन समितिका संयोजक प्रमिला राई, ईलाका प्रशासन कार्यालयका प्रतिनिधि, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक कैलास कुमार, जनप्रतिनिधिहरु, बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरु साथै नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।

IMG 20231109 202705

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img