Sunday, January 19, 2025
समाजहेटौँडामा तिहार सुरु नहुदै पटका आतङ्क सुरु !

हेटौँडामा तिहार सुरु नहुदै पटका आतङ्क सुरु !

मकवानपुर: यस वर्षको तिहार सुरु नहुदै हेटौँडा आसपासका बजारमा कानुनले बन्देज गरेको पटका आतङ्क बढ्न थालेको छ। हेटौँडाको बजार क्षेत्रमा समेत बेलुकाको समयमा खुलेआम पटका पड्काउने कार्य भइरहेको छ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयले भने तिहारको बेला पटका पटकाउन र बिक्री वितरणमा निषेध गरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कानुनविपरीत यस्तो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले पटका बिक्री रोक्न नाकाहरूमा कडाई गरिएता पनि लुकाई छुपाई भित्राईएको हुन् सक्ने बताए ।

यसको रोकथामको लागि प्रहरी परिचालन गरिएको उनको भनाइ छ। उनले भने, ‘पटका पड्काउन पाइँदैन, त्यस्तो गरेको पाए नजिकको प्रहरी वा हामीलाई जानकारी गराउनु, तुरुन्तै कारबाही हुन्छ।’ उनले पटका आयात गर्न नदिन विभिन्न सीमा नाकामा पनि कडाइपूर्वक चेक भइरहेको बताए।

तर पनि तिहारको नआउँदै विभिन्न क्षेत्रमा पटका आतङ्क बढेको छ। प्रहरीले यसको नियमन र अनुगमन नगरे झनै तिहारको बेला यस्तो कार्य बढ्ने देखिन्छ। यसबाट आगलागीस्ता घटना निम्तिने देखिन्छ।

सूचनाcff9c7c4 f4fd 4a15 b32a e832999591a1

मकवानपुरमा मात्रै चाडपर्व लक्षित विशेष सुरक्षा योजनामा ८ सय १७ जना प्रहरी परिचालन गरिएको छ। उनीहरूले नियमित अनुगमन गरिरहेका छन्।

नाकाहरूबाट निरन्तर पटकाहरू नियन्त्रणमा लिईरहेको प्रहरीले बटाएपनि बजारमा भने पटका आतङ्क भने सुरु भएको छ । मकवानपुरमा मात्रै चाडपर्व लक्षित विशेष सुरक्षा योजनामा अन्तर्गत ८ सय १७ जना प्रहरी परिचालन गरिएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img