Thursday, January 23, 2025
देशकोशी प्रदेशझापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी / झापाको बिर्तामोड नगरपालिका- २ स्थित चारपाने चोकमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३७६० नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पैदलयात्री स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार ठक्कर दिने सवारीसहित चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img