समाजभोजपुरकाे फलाटे र लालटेमा बिजुली पुग्यो , तिहारका बेला बत्ती पुगेपछि स्थानीय...

भोजपुरकाे फलाटे र लालटेमा बिजुली पुग्यो , तिहारका बेला बत्ती पुगेपछि स्थानीय खुसी

भोजपुर / हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत् सुविधा पुगेको छ ।

नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय रमाएका छन् । प्राधिकरणका प्राविधिक कर्मचारी काजीमान राईले फलाटे र लालटे क्षेत्रमा विजुली पुगेको जानकारी दिए । ती क्षेत्रका एक सय घरधुरीमा विद्युतको पहुँच पुगेको छ भने ३५ घरधुरीमा विद्युत मिटरसमेत जडान गरिइएको छ ।

फलाटेका भीम परियारले भने, “बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुसी छौँ । ”

भोजपुर सदरमुकामबाट दक्षिणमा हतुवागढी गाउँपालिकाको दुई टोलमा विद्युत् सेवा पुगेसँगै सो क्षेत्रका करिब एक सय घरधुरीले विद्युत सेवा उपयोग गर्न पाउने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताउए ।

उनले भने ,“गाउँपालिका क्षेत्रमा विद्युतीकरण गर्ने कार्यअन्तर्गत ती दुई वडामा पनि विद्युतीकरण कार्य गरिएको हो ।”घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका नागरिकमा अहिले खुसियाली छाएको छ । स्थानीय रामबहादुर सुवेदीले वर्षौदेखि बिजुली घरमा बाल्ने चाहना अहिले आएर पूरा भएको बताए ।

जिल्लामा करिब ८१ प्रतिशत विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि बोलपत्रमार्फत कार्य अघि बढ्ने प्राधिकरणका कर्मचारी दुर्गानन्द चौधरीले बताए । जिल्लामा हाल राष्ट्रिय प्रसारण केन्द्रबाट २४ हजार घरधुरीले विद्युत् सेवा उपयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img