मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार साँझ झाडीमा शालनालसहितको नवजात शिशु फेला परेको अछ । हेटौँडाको हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छोरी) फेला परेको हो ।
स्थानीयले शिशु रोएको सुनेपछि हेर्ने क्रममा शालनालसहितको नवजात शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले नवजात शिशुको उद्दार गरेर उपचारको लागि हेटौंडा अस्पताल पुर्याएका छन् ।
नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको शरीरको केही भागमा काँडाले कोतरिएको छ । बच्चा कस्ले फालेको भन्ने बिषयमा खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ ।