२०८० मंसिर महिनाको मासिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार मासिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको यो महिना कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मंसिर महिनामा मेष राशिको लागि सकारात्मक महिना रहेको छ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । शुभकार्यको चर्चा चल्ने छ र शुभकार्यको योग पनि छ । अज्ञानता र बलजफ्ती गर्ने बानीले काम बिग्रनुका साथै अर्थहानि हुन सक्छ। परिस्थितिवश महत्त्वाकांक्षा त्यागी निर्वाहमूलक व्यवसाय गर्न बाध्य भइनेछ र सफलताको सिढी उक्लन समय लाग्नेछ। नियमित व्यापारले सामान्य लाभ भने भइरहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा कमी आउनेछ। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। अरूको भरपर्दा धोका पाइनेछ र लाभांश पनि गुम्नेछ। यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो महिनामा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । राजनैतिक र समाजसेवातर्फ आकर्षित भइनेछ । घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। व्यावसायिक यात्रा र भेटघाटका अवसर भने आइरहनेछन्। आम्दानी राम्रै भए पनि खर्च बढ्नाले धन सञ्चय नहुन सक्छ। समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्य भने बढ्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। नोकरी तथा व्यवसायमा केही झमेला आउने सम्भावना छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ। यो महिनाको लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
मिथुन राशिलाई मंसिर महिना विशेष उपलब्धिमूलक रहनेछ। स्रोत–साधन जुट्नुका साथै अनुकूल वातावरण बन्नाले आँटेको काम बन्नेछ। आत्मविश्वास बढ्नेछ। शत्रुबाधा, मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ व्यवसाय प्रारम्भ हुनेछ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगी बन्नेछन्। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र उठ्नुपर्ने रकम प्राप्त हुनेछ। अरूका हातमा गएको धन र वस्तुसमेत फिर्ता हुनेछ। अर्थ उपार्जनका नयाँ स्रोत पनि फेला पर्नेेछन्। प्रयत्न गर्दा नयाँ काम, उद्योग वा व्यवसाय सुरु हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यो महिनामा सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामान्य स्वास्थ्य समस्या देखिनाले पूर्ण समय काममा जुट्न नसकिएला। समस्या दर्साउँदा सहयोगीले साथ दिनेछन्। शुभचिन्तकको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। कृषितर्फ उत्पादनको मूल्य प्राप्त हुनेछ। पशुपालनबाट पनि मनग्य लाभ उठाउन सकिनेछ। राम्रो सवारी तथा विभिन्न भौतिक साधनहरू जुटाउने समय छ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। अध्ययन र लेखनतर्फ प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मंसिर महिनामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । अर्थ अभाव र पारिवारिक दबाबले व्यवहार अस्थिरतातर्फ मोडिन सक्छ। साझेदारी तथा सगोलको व्यवहारमा पनि केही विवाद आउने हुँदा घरायसी माहोल बिग्रने सम्भावना छ। घर–व्यवहार सुधार्न केही समय सामाजिक जिम्मेवारीबाट पछि हट्नुपर्ने स्थिति आउन सक्छ। बाहिरी काम रोकेर पनि आफन्तका लागि समय छुट्याउनुपर्ला। पेसा–व्यवसायमा नयाँ योजना थाल्न समस्या पर्नेछ। महत्त्वाकांक्षाले आर्थिक जोखिम निम्त्याउन सक्छ। उठ्नुपर्ने रकम हातलागी नहुँदा कर्जा लिनुपर्ने अवस्था आउन सक्छ। नोकरीमा समेत अरूको दबाब झेल्नुपर्ला। अप्ठ्यारो समयमै सहयोगीहरूले साथ दिन छाड्नेछन्। यो महिनाको लागि शुभ अङ्क १,५ र शुभ रङ्ग खैरो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णको दर्शन गरि गरेको कार्यबाट अधिक लाभ र सफलता मिल्नेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
यो महिनामा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शत्रु र रोगबाट छुटकारा पाइने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। स्रोत–साधन जुट्नाले महत्त्वाकांक्षी काम थालनी गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि भित्राउने समय छ। उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुने समय छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। प्रतिस्पर्धीहरूले हार खानेछन्। घर–परिवारमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइमा भने केही असमझदारी बढ्न सक्छ। यो महिनाको लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग खैरो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला राशिको लागि मंसिर महिनामा धार्मिक, सांस्कृतिक, दान पुण्य जस्ता कार्यमा सहभागी भइनेछ । व्यवहारमा भने केही विवादास्पद जिम्मेवारी आउनेछन्। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू फेला पर्नेछन्। मिहिनेतले काम बन्नेछ र पेसा–व्यवसायमा फाइदा हुनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले भने वादविवाद निम्त्याउन सक्छ।यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो महिनामा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अहंकार मिश्रित बोली–व्यवहारले सहयोगीहरू टाढिनेछन्। जटिल काम पनि एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। समस्याबाट बाहिरिन समय लाग्नेछ। प्रतिष्ठाको भ्रमले श्रम, समय र धन खर्च हुनेछ। मिहिनेतको तुलनामा न्यून प्रतिफल प्राप्त हुनेछ। वादविवादको योग देखिएकाले धैर्य एवं सुझबुझका साथ काममा जुट्नुहोला। परिस्थिति अनुकूल बनाउन व्यवहारमा सुधार ल्याउनुपर्नेछ। प्रयत्न गर्दा व्यवसायमा सुधारका लक्षण पनि देखिनेछन्। पेसागत जिम्मेवारी बढ्न सक्छ। अध्ययनमा जुट्नेहरूलाई सफलता प्राप्त हुनेछ। यो महिनाको लागि शुभ अङ्क २,३ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
यो मंसिर महिनामा नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्न सक्छ। सामान्य किनमेलमा सञ्चित रकम खर्च हुनेछ। सरसापटमा गएको नगद, उठ्नुपर्ने रकम र लगानी अड्किनाले व्यवहारमा समस्या पर्न सक्छ। समस्या पर्दा सहयोगीहरू कमै भेटिनेछन्। र आशा देखाउनेहरूले झुक्याउनेछन्। भौतिक साधनमा क्षति हुनेछ। यात्रा कष्टपूर्ण हुनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ला। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले वादविवाद निम्त्याउन सक्छ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला।यो महिनाको लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग घ्यू रङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि माता बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मंसिर महिनामा विद्या र बुद्धिको विकास हुनेछ । रोकिएका कामले गति लिनुका साथै आयस्रोत सबल बन्नेछन्। व्यापार बढ्नेछ, चिताएको काम बन्नेछ र व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरीतर्फ नयाँ अवसर प्राप्त हुने समय छ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। पेसा–व्यवसायमा विशेष लाभ हुने समय छ। सानो प्रयासले दिगो आयस्रोत जुटाउन सकिनेछ। सेयर तथा साझेदारीमा मनग्य फाइदा हुनेछ। आवश्यक उपकरण, सवारीलगायत भौतिक साधन जुटाउने समय छ। यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
मंसिर महिनामा नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विशेष भेटघाट हुनेछ, स्रोत–साधन जुट्नेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। प्रयत्न गर्दा सामाजिक अभियानको नेतृत्व लिन सकिनेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। कीर्तिमानी काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। व्यवसायमा थप लगानी बढाउने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। यो महिनाको लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मंसिर महिनामा मेष राशिको लागि सकारात्मक महिना रहेको छ । मिहिनेत गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। सुरुमा निर्णय लिन नसक्दा केही पछि परिनेछ। स्वास्थ्य समस्याले काम रोकिन सक्छ सक्छ। तापनि व्यवसायका लागि पूर्वाधार तयार पार्ने समय छ। धार्मिक तथा सामाजिक काममा प्रवृत्त भइनेछ। अध्ययनतर्फ पहिलेको नतिजा कमजोर आउन सक्छ, मिहिनेत गर्नुहोला। महिनाको उत्तरार्धमा व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा सुधारका लक्षण देखिनेछन्। लगानीमा केही रकम बाहिरिए पनि नियमित आम्दानी भइरहनेछ। केही नयाँ जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ। पूर्वार्धमा संघर्ष गर्नुपरे पनि अन्त्यमा उपलब्धि प्राप्त गर्न सकिनेछ। यो महिनाको लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।