समाजपिकनिक खाएर फर्केको स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ३९ जना घाइते

पिकनिक खाएर फर्केको स्कुल बस दुर्घटना हुँदा एकको मृत्यु, ३९ जना घाइते

सुनसरी / उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।

त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी पिकनिक खाएर फर्किने क्रममा थिए । प्र १०५००१ ख ००४४ नम्वरको बस उक्त बस शनिबार मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका ७ जोगीटोल अँधेरी खण्डमा दुर्घटना हुँदा चालक भिखन चौधरीको मृत्यु भएको हो ।

घाइतेहरुलाई जिल्ला अस्पताल गाईघाट ल्याइएको छ। दुर्घटनाको कारण र अन्यको अवस्था खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img