Sunday, January 19, 2025
समाजइटहरी उपमहानगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू

इटहरी उपमहानगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू

इटहरी / इटहरी उपमहानगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू गरिएको छ ।

लैङ्गकि हिंसा अन्त्यको सुनिश्चितता :महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता अन्तर्राष्ट्रिय नारा सहित इटहरी उपमहानगरपालिकाको आयोजनामा ३२ औं लैङ्गिक हिंसा विरूद्वको १६ दिने अभियान सुरू गरिएको छ ।

हिंसा बिरूद्धका बिभिन्न प्लेकार्ड सहित निस्किएकाे र्यालीले इटहरीकाे बिभिन्न क्षेत्र परिक्रमा गरी मुख्य चाैकमा काेणसभा गरि अभियानकाे सुरूवात भएकाे उदघाेष गरिएकाे थियाे ।

इटहरी उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे प्रभातफेरीमा दुइ दर्जन बढी सामाजिक संघ संस्थाका प्रतिनिधी , होटल व्यवसायी सङ्घ संस्थाका प्रतिनिधि, सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी , सामाजिक ब्यक्ति , शिक्षक , प्रहरी र कर्मचारीहरूकाे बाक्लाे उपस्थिती देखिएकाे थियाे ।

प्रभातफेरीमा उपमहानगरका प्रमुख हेमकर्ण पाैडेल , उपप्रमुख संगिता चाैधरी , इटहरी २० वटै वडाका वडाध्यक्ष , कर्मचारी लगायत अन्यकाे पनि उपस्थिती रहेकाे थियाे । घर शान्ति नै विश्व शान्तिको आधार “दिगो विकासका लागि लैङ्गगिक हिंसा रहित समाज “, घर र समाजको ऐक्यबद्धता “लैङ्गिक हिँसा विरूद्व शुन्य शहनशिलता”, लैङ्गिक हिंसाको अन्त्य गरौं , घरघरबाटै सुरू गरौं महिला अन्त्य गरौं जस्ता नाराहरू लेखिएका प्लेकार्ड सहित निस्किएकाे र्यालीले उपमहानगरकाे प्राङगण हुदै इटहरी चाैक , हटिया लाइन , बिपि चाैक र मुख्य चाैकमा आएकाे काेण सभामा परिणत भएकाे थियाे ।

काेणसभालाइ सम्बाेधन गर्दै मेयर हेमकर्ण पाैडेलले लैङ्गिक हिंसाबिरूद्धकाे कार्यक्रा १६ दिन मात्र नभै वर्ष भरीनै रहिरहने बताए । त्यस्तै उप प्रमुख संगिता चाैधरीले पनि जुनसुकै हिंसा बिरूद्धकाे अभियान उपमहानगरमा वर्षभरी सञ्चालन भइरहने बताइन् ।244474927 910115386271098 4809396872960662724 n

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img