Wednesday, January 15, 2025
समाजघाँसीकुवामा भएको दुर्घटनाका घाइतेलाई गाउँपालिकाले सहयोग गर्ने

घाँसीकुवामा भएको दुर्घटनाका घाइतेलाई गाउँपालिकाले सहयोग गर्ने

धनकुटा : पृथ्वी राजमार्ग खण्ड अन्तर्गत तनहुँको घाँसीकुवामा भएको बस दुर्घटनामा साँगुरीगढी स्थानीयको मृत्यु भएपछि गाउँपालिकाले सहयोग गर्ने भएको छ ।

धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुवाहक बस तनहुँको घाँसीकुवामा बिहान सवा ६ बजे दुर्घटना हुँदा ३६ जना यात्रुमध्ये दुई जनाको ज्यान गएको थियो। दुर्घटनाप्रति साँगुरीगढी गाउँपालिकाले दुःख व्यक्त गरेको छ।

जिल्लाको साँगुरीगढी गाउँपालिका-९ का हस्त राई र ठेगाना नखुलेको ५० वर्षे टोपबहादुर मगरले ज्यान गुमाएका थिए । साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको मृत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना कामना गर्दै प्रभावकारी उपचारका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको छ ।

दुर्घटनामा घाइते भएका अधिकांश यात्रु साँगुरीगढी गाउँपालिका वडा नम्बर ७, ८ र ९ का यात्रु भएको अध्यक्ष राईले बताए । अधिकांश घाइतेको आर्थिक अवस्था न्यून रहेकाले गाउँपालिकाबाट सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।Saguri Gadi 1 1664681437

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img