Monday, January 13, 2025
समाजझापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

झापामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा /जंगली हात्तीको आक्रमणबाट शुक्रबार आज बिहान झापाको हल्दिबारीमा एकजनाको मृत्यु भएको छ ।

बिहान ९ बजे हल्दिबारी गाउँपालिका ३ स्थित रणकाली सामुदायिक वनका चौकिदार ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहानको समयमा सामुदायिक वन रेखदेखका लागि गएको अवस्थामा बनलाई हात्तीले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img