तिमि र म अब गरिबिको रेखा हटाउनु पर्छ
पहाडका ती भिर पाखाहरुमा अन्न को बाली लगाउनु पर्छ।
भोक भोकै सडकमा हात फिजाउनेका लागि रासन पानी मिलाउनु पर्छ।।
आउ अब जुटायौ तिम्रा र मेरो हत्केलाहरु मिलाउनु पर्छ।
खेताला खोजौ बरु जुटौ आफ्नै देशमा ।
अर्थतन्त्रको अन्तिम बाटो रोजौ आफ्नै देशमा ।।
अब पर्देसी बिडम्बनालाई पर सार्नु पर्छ।
मेचीदेखि महाकाली सम्म बिकासको पर्खाल छाउनु पर्छ।।
मृत्युको मुखमा छटपटाइ रहेका आमाहरुका लागि निसुल्क सिबिर खोल्नु पर्छ।
आउ अब शिक्षा बाट बन्चित भएका बालबालिकाहरुलाई शिक्षाको बाटो टेकाउनु पर्छ।
रोग लागेर थलिएकी बुढी आमालाई अस्पताल सम्म पुर्याउनु पर्छ।
कोरा मृतुदर र शिशु मृतुदर घटाएरै अब छाडनु पर्छ।
आउ आमाले बुनेको सुक्कुललाई अब डस्ना बनाउनु पर्छ।।
बा ले बगाएको पसिनालाई गंगा सागर बनाउनु पर्छ।
आउ अब जुटायौ तिम्रा र मेरो हत्केलाहरु मिलाउनु पर्छ ।
आउ अब थोरै भएपनी देशको मुहार फेराउनु पर्छ।।