Saturday, January 18, 2025
समाजभोजपुरमा साइवर अपराध र बालविवाहको विषयमा विद्यार्थीलाई सचेतना

भोजपुरमा साइवर अपराध र बालविवाहको विषयमा विद्यार्थीलाई सचेतना

भोजपुर : जिल्ला प्रहरी कार्यालय भोजपुरले सदरमुकाम नजिकै रहेको विद्योदय माध्यामिक विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि साइवर अपराध र बालविवाहका बिषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तरराष्ट्रिय अभियानकारुपमा मनाइने लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरुका लागि मंगलवार प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले बताउनुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आदेश अनुसार भोजपुरमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान संचालित छ । साइवर अपराध र बालविवाहका बिषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकले सहभागीलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा विद्यार्थीसहित विद्यालयका संयोजक खोमराज धमला, शिक्षक अभिभावक संघका अध्यक्ष अध्यक्ष जगत तामाङ, शिक्षक लगायत गरी डेढ सय बढीको सहभागिता थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img