Wednesday, January 15, 2025
समाजबालवालिकालाई न्यानो कपडा तथा खाद्य सामग्री वितरण

बालवालिकालाई न्यानो कपडा तथा खाद्य सामग्री वितरण

भोजपुर / करुणा फाउण्डेसनले भोजपुरका दुई विद्यालयका बालबालिकाहरुलाई स्वेटर तथा खाद्य सामग्री वितरण गरेको छ ।

३२ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा भोजपुर बहिरा आवासिय आधारभुत विद्यालयका २२ जना बालबालिकाहरुलाई स्वेटर र यशोधरा माध्यमिक विद्यालयका ११ जना बौद्धिक अपङगता भएका विद्यार्थीलाई दाल, चामल, तेल, अण्डा लगाएतका खाद्य सामग्री तथा तीन थान बलाङकेट वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, स्वस्थ्य कार्यालय लगाएत २० सरकारी कार्यालयमा अपङगता भएका व्यक्तिहरुलाई प्रयोग गरिने मर्यादित भाषाको पोष्टर समेत वितरण गरिएको करुणा फाउण्डेसन भोजपुरका प्रमुख निश्चल घिमिरेले बताए ।

यसले बालबालिकाको शैक्षिक सुधारमा केही सहयोग पुग्ने प्रमुख घिमिरेको भनाई छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख अनिशा खड्काले करुणा फाउण्डेसनको अगुवाईमा भएको काम प्रशंसायोग्य रहेको बताईन ।

जिल्ला समन्वय समितिका उपप्रमुख अनिशा खड्काद्धारा यशोधरा माध्यामिक विद्यालयका प्रधानध्यापक ध्रुवराज रेग्मी र भोजपुर बहिरा आवासीय आधारभुत विद्यालयका प्रधानध्यापक सरिता तामाङको उपस्थितिमा सामग्री हस्तानतरण गरेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img