समाजएमसीसीबारे देउवा र प्रचण्डमध्ये १ जनाले झुट बोले: ओली

एमसीसीबारे देउवा र प्रचण्डमध्ये १ जनाले झुट बोले: ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का सन्दर्भमा सत्तारुढ गठबन्धनका नेताहरुले झुट बोलेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)मध्ये १ जनाले झुट बोलेको ओलीको भनाइ छ।सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै ओलीले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर पठाएको भन्नुहुन्छ, प्रचण्डजी होइन भन्नुहुन्छ। दुईमध्ये एउटाले त झुट बोलेको हो नि, होइन?’

ओलीले आफ्नो पार्टी एमालेले अहिले नै एमसीसीका बारेमा केही नबोल्ने बताए। ओलीले एमसीसीका बारेमा प्रधानमन्त्री देउवा र गठबन्धनका नेता प्रचण्डलाई सोध्न पनि आग्रह गरे।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिएर स्वेदश फर्किने क्रममा प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमसीसी पास गर्छौं भनेर आफू र प्रचण्डले लिखित पत्र पठाएको बताएका थिए।

देउवाको अभिव्यक्तिपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पास गर्छौं भनेर पत्र नलेखिएको बताएका थिए। एमसीसी कार्यालयलाई पत्र लेखिए पनि उक्त पत्रमा एमसीसी सम्झौताका सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि समय लाग्ने भन्ने व्यहोरा उल्लेख गरिएको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img