Sunday, January 19, 2025
समाजपौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै प्रशासनिक भवन शिलान्यास

पौवादुङमाको तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोत्रपसँगै प्रशासनिक भवन शिलान्यास

भोजपुर / भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

तिवारीभञ्याङको शुन्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोश्रो प्याकेजमा काम भईरहेको उनले बताए । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु. एक करोड र दोश्रो प्याकेजको भ्याटसहित रु. चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।

सडक संघिय समपुरक अनुदान, प्रदेश समपुरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र गर्न लागिएको हो । पहिलो चरणमा एक हजार तीन सय मिटर कालोपत्र गरिनेछ । सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गते सम्म रहेको छ ।1703142273859

पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गरिने भएपनि आफ्नो कार्यकाल भित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । विगत वर्षहरुबाट नै यसको स्तरोन्नतीको काम भईरहेको भएपनि यो वर्षबाट गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने लक्ष्यले शिलान्यास गरेको उनको भनाइ छ ।

प्रशासनिक भवन तीन वर्षमा सम्पन्न गरि सक्ने गरी केन्द्र सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु.छ करोड ८८ खाल लागतमा निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणमा ४० प्रतिशत अर्थात रु. दुई करोड ७५ लाख गाउँपालिकाको लागत साझेदारी रहेको छ । भवन निर्माणको जिम्मा आवरण मेटल इन्जिनियरिङ कन्ट्रक्सन प्रालि भरतपुर चिवतनले लिएको छ ।

विगत वर्षहरुबाट नै यसको स्तरोन्नतीको काम भईरहेको भएपनि यो वर्षबाट गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने लक्ष्यले शिलान्यास गरेको उनको भनाइ छ । यो सडक पौवादुङमाको गौरवको योजना रहेकोले प्राथमिकताका साथ कामलाई अघि बढाएको अध्यक्ष राईको भनाइ छ ।

सडक नालीसहित ८ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्न जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ । तोकिएको मापदण्ड अनुसार सडकलाई समयमा सम्पन्न गराउने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

तीन तले प्रशासनिक भवनमा सभाहलसहित २२ ओटा कोठा र व्यापारिक प्रयोजनको लागि १८ ओटा सटर रहने गाउँपालिकाका इन्जिनियर सोभित घिमिरले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img