समाजश्रीमानसँग सम्बन्ध विच्छेद गरेकी महिलाको हत्या

श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी महिलाको हत्या

खोटाङ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङ मृत फेला परेकी छन्। उनी तेह्र दिनदेखि बेपत्ता भएकी थिइन ।

गत मङ्सिर–१९ गतेदेखि बेपत्ता भएकी पवित्राको शब घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा फेला परेको हो ।
पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ। श्रीमानसँग सम्बन्धबिच्छेद गरेर उनी माइतमा बस्दै आएकी थिइन । चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धबिच्छेद गरेर माइतमा बस्दै आएकी थिइन ।

तीन छोरी श्रीमानसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन्।पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए। घटनाका विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img